
काठमाडौं । आजबाट भृकुटीमनण्डपमा सुरु भएको नाइमा अटो शोमा विभिन्न किसिमका भ्यानहरुको प्रदर्शनी गरिएको छ ।
२०८२ साउन २१ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने गरि आयोजना भएको नाइमा अटो शोमा विभिन्न ५० भन्दा धेरै ब्रान्डले आफ्ना गाडीहरु प्रदर्शनीमा राखेका छन् । यीमध्ये दुई पांग्रेको पनि संख्या उल्लेखनिय रहेको छ ।

प्रदर्शनीमा सुजुकी, निउ, गोगोरो, सेगवेलगायतका थुप्रै कम्पनीले आफ्ना दुई पांग्रे सवारी साधन प्रदर्शनीमा राखेका छन् ।

नाइमा (नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन) ले आयोजना गरेको नाइमा नेपाल मोबिलिटी एक्स्पो चार दिन चल्नेछ । उक्त संस्था यो प्रदर्शनी संस्था स्थापना भएको पहिलो वर्षमा नै आयोजना गरेको हो ।










