Nepal Purbadhar

नाइमामा काइयीको इ-क्युट ०२ र इ-क्युट ०४ मा विशेष अफर, दुई लाख रुपैयाँसम्म छुट


काठमाडौं । नेपालमा काइयी ब्रान्डका गाडीहरुको आधिकारिक वितरक जि.ओ. अटोमोबाइल्स प्रालि र लक्ष्मी ई-मोबिलिटीले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ प्रदर्शनीको अवसरमा आफ्ना दुई गाडीमा विशेष अफर ल्याएको छ । 

नाइमाको प्रदर्शनीमा हल एस्थित स्टल ए टुमा रहेको कम्पनीले इ-क्युट ०२ र इ-क्युट ०४ मा प्रदर्शनी भरि विशेष अफर प्रदान गरेको छ । 

कम्पनीले प्रदर्शनीको अवसरमा काइयी इ-क्युट ०२ ईभीमा २ लाख रुपैयाँसम्म छुट दिएको छ । नाइमाका लागि २२ लाख ९६ हजार रुपैयाँ पर्ने यो गाडीलाई २० लाख ९६ हजार रुपैयाँमा राखिएको छ । यससँगै कम्पनीले ग्राहकका लागि साटासाट बोनस, ३.३ किलोवाटको चार्जर, ६ वर्षको निशुल्क सर्भिस, ८ वर्षको ब्याट्री वारेन्टी र बिमासमेत समावेश गरेको छ । 

सस्तो मूल्यमा प्रिमियम सुविधाहरु रहेको इ-क्युट ०२ ईभीमा २८.०८ किलोवाट पावरफुल मोटर, आकर्षक र प्रिमियम डिजाइन, एडभान्स सुविधासहित फराकिलो भित्री संरचना, उच्च स्तरको ड्राइभिङ आराम, १६५ मिमि ग्राउन्ड क्लियरेन्स,  ३.३ किलोवाट फास्ट चार्जर,  ३६० डिग्री क्यामेरा र उत्कृष्ट टायर साइजको सुविधा पनि उपलब्ध गराएको छ । 

साथै कम्पनीले इ-क्युट ०४ ईभी पनि विशेष अफरसहित प्रदर्शनीमा राखेको छ । यो गाडीको मूल्यलाई २५ लाख ९६ हजार रुपैयाँमा राखिएको छ । अकल्पनीय मूल्यसहित गाडी किन्दा ग्राहकले नगद छुट, साटासाट बोनस, बिमा, एप्पल वाच, ३.३ किलोवाटको चार्जर, ६ वर्षको निशुल्क सर्भिस, ८ वर्षको ब्याट्री वारेन्टीलगायतका सुविधा पनि पाउनेछन् । 

इ-क्युट ०४ ईभीमा भने २८.०८ किलोवाटको मोटर रहेको छ भने १६५ मिमिको ग्राउन्ड क्लियरेन्स रहेको छ । ३० किलोवाटको पीक पावर रहेको गाडीमा फराकिलो भित्री संरचनासहित उत्कृष्ट ड्राइभिङ अनुभव लिन सकिन्छ । 

कम्पनीले दुवै गाडीमा दिएको यो विशेष अफर नाइमाको प्रदर्शनी स्थल भृकुटीमन्डपका साथै काठमाडौंको नक्साल, थापाथली र प्रमुख सहरहरू—बिर्तामोड, नेपालगञ्ज, धनगढी, दाङ, भैरहवा, हेटौंडा, भरतपुर, पोखरा, विराटनगर र बीरगञ्जमा रहेको काइयीका अधिकृत सोरूमहरूमा सीमित अवधिका लागि उपलब्ध छ।

आजबाट भृकुटीमनण्डपमा सुरु भएको नाइमा (नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन) ले आयोजना गरेको नाइमा नेपाल मोबिलिटी एक्स्पो चार दिन चल्नेछ । 


Read Previous

नाइमा अटो शोमा भ्यानहरुको उल्लेख्य संख्या, कुन कुन ब्रान्डका छन्?

Read Next

नाइमा अटो शोमा यस्ता छन् दुई पांग्रे सवारी साधन

Nepal Purbadhar