Nepal Purbadhar

नाइमा अटो शोमा भ्यानहरुको उल्लेख्य संख्या, कुन कुन ब्रान्डका छन्?


काठमाडौं । आजबाट भृकुटीमनण्डपमा सुरु भएको नाइमा अटो शोमा विभिन्न किसिमका भ्यानहरुको प्रदर्शनी गरिएको छ । 

२०८२ साउन २१ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने गरि आयोजना भएको नाइमा अटो शोमा विभिन्न ५० भन्दा धेरै ब्रान्डले आफ्ना गाडीहरु प्रदर्शनीमा राखेका छन् । यीमध्ये चार पांग्रे गाडीहरुमा भ्यानको पनि संख्या उल्लेखनिय रहेको छ । 

प्रदर्शनीमा किटन, डङफेङ, कामा ईभी, केर्‍रीलगायतका ब्रान्डहरुले आफ्ना भ्यानहरु प्रदर्शनीमा राखेका छन् । 

नाइमा (नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन) ले आयोजना गरेको नाइमा नेपाल मोबिलिटी एक्स्पो चार दिन चल्नेछ । उक्त संस्था यो प्रदर्शनी संस्था स्थापना भएको पहिलो वर्षमा नै आयोजना गरेको हो । 


Read Previous

नाइमा अटो शोमा ५० भन्दा धेरै ब्रान्ड, यस्ता छन् चार पांग्रे गाडीहरु

Read Next

नाइमामा काइयीको इ-क्युट ०२ र इ-क्युट ०४ मा विशेष अफर, दुई लाख रुपैयाँसम्म छुट

Nepal Purbadhar