Nepal Purbadhar

लालपुर्जा नेपालले प्रोपर्टी एक्स्पो गर्दै, घरजग्गा सम्बन्धी सबै जानकारी एकै ठाउँमा दिइने


काठमाडौं । नेपालको अग्रणी रियल इस्टेट ब्रोकर एजेन्सी लालपुर्जा नेपाल प्रा. लि. ले यही साउन २३ गते शुक्रवार  लालपुर्जा नेपाल प्रोपर्टी एक्सपो आयोजना गर्दैछ । उक्त एक्स्पो ललितपुरस्थित लबिम मलमा हुनेछ ।

लालपुर्जा नेपालले आफ्नो ग्राहकहरूलाई घरजग्गा खरिद तथा बिक्री प्रक्रियामा थप सजिलो, छरितो र विश्वासिलो सेवा पुर्‍याउने उद्देश्यले यो प्रोपर्टी एक्स्पो आयोजना गर्न लागेको हो।

यस कार्यक्रममा सहभागी हुने सम्पूर्ण व्यक्तिहरूले विशेष सेवा सुविधा र छुटहरू प्राप्त गर्न सक्नेछन् ।

एक्स्पोको उद्देश्य ग्राहकहरूलाई घरजग्गा सम्बन्धी प्रत्यक्ष जानकारी र परामर्श दिनु, सेलरहरूलाई आफ्नो सम्पत्ति बजारमा प्रस्तुत गर्न सहयोग गर्नु, खरिदकर्ताहरूलाई सही निर्णय लिन मार्गदर्शन गर्नु र बैंक र ऋण सम्बन्धी जानकारी एकै ठाउँबाट प्राप्त गराउने व्यवस्था गर्नु रहेको छ ।

एक्स्पोका मुख्य आकर्षणहरू रियल इस्टेट सम्बन्धी प्रत्यक्ष परामर्श, योग्य र अनुभवी एजेन्टहरूबाट प्रत्यक्ष सल्लाह, किनबेच, कानुनी प्रक्रिया, मूल्य निर्धारण आदिमा स्पष्ट जानकारी, सर्भिस फी मा विशेष छुट, सीमित अवधिका लागि सेवा शुल्कमा विशेष छुट, घरजग्गा बेच्ने वा किन्ने दुबै प्रक्रियामा लाभदायक अफरहरू, रियल इस्टेटमा करियर बनाउने सोच भएकाहरूका लागि परामर्श, विद्यार्थी, युवा, वा इच्छुक व्यक्तिका लागि करियर काउन्सिलिङर ‘रियल इस्टेट कसरी सुरु गर्ने’ विषयमा जानकारीमूलक छलफल समेत रहेका छन् ।

बैंकिङ र ऋण सम्बन्धी परामर्शमा गृह ऋण, मोर्टगेज, ब्याजदर तुलना आदि सम्बन्धी विस्तृत जानकारी समेत एक्स्पोमा दिइने कम्पनीले जनाएको छ । 


Read Previous

आजबाट नाइमा अटो शो सुरु हुँदै, ३५ नयाँ प्रोडक्ट लन्च हुने

Read Next

बजेट तथा कार्यक्रम अघि बढाउन मन्त्री दाहालको निर्देशन

Nepal Purbadhar