Nepal Purbadhar

आजबाट नाइमा अटो शो सुरु हुँदै, ३५ नयाँ प्रोडक्ट लन्च हुने


काठमाडौं । आजबाट नाइमा मोबिलिटी एक्स्पो आयोजना हुदै छ ।

नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफेक्चर्स  एशोसिएसन (नाइमा) ले एक्स्पो आयोजना गर्न लागेको हो । बिहान ९ बजे उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले एक्स्पोको उद्घाटन गर्दैछन् ।

नाइमाले पहिलो पटक अटो शो गर्न लागेको हो ।  एक्स्पोमा प्रवेश शुल्क २०० रुपैयाँ तोकिएको छ । विद्यार्थीले टिकटमा ५० प्रतिशत छुट पाउनेछन् ।


प्रर्दशनीको पहिलो दिन अनिल केशरी शाहले २ बजे देखि ५ बजे सम्म मोबिलिटी हिजो, आज, र भोलि” विषयमा ज्ञानवर्धक सत्र संचालन गर्दै छन् भने अरु दिनको सत्रहरुमा त्रिभुवन विश्वविद्यलय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, र भारतको इन्स्टीच्युट अफ रोड ट्राफिक एजुकेशन जस्ता विभिन्न राष्ट्रिय तथा अर्न्तराष्ट्रिय संस्थाहरुका दक्ष तथा विज्ञ व्यक्तित्वहरुको उपस्थिती रहने छ ।


“नाइमा मोबिलिटी एक्स्पो २०२५” साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुँदैछ । जहाँ ५० भन्दा बढी ब्राण्डहरू सहभागी हुनेछन्। प्रर्दशनीको टिकट खल्ती बाई आईएमईमा उपलब्ध छ ।

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विक्री भएका टिकटहरुको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीहरुलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोशिपहरु प्रदान गरिनेछ ।


Read Previous

महानगरले कंक्रिट निकालेर फेरि हालेपछि विवाद बढ्यो

Read Next

लालपुर्जा नेपालले प्रोपर्टी एक्स्पो गर्दै, घरजग्गा सम्बन्धी सबै जानकारी एकै ठाउँमा दिइने

Nepal Purbadhar