Nepal Purbadhar

कोइलालगायत वस्तुको आयात गर्ने अरिहान्त इम्पोर्ट एन्ड एस्पोर्टले एक वर्षमा कमायो ९५ करोड ८० लाख 


काठमाडौं । कोइला, कपरलगायतका वस्तुहरुको आयात गर्ने कम्पनी अरिहान्त इम्पोर्ट एन्ड एस्पोर्ट प्रालिले एक वर्षले ९५ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ । 

कम्पनीले २०२४ मा ९५ करोड ८० लाख रुपैयाँको कारोबार गरेको हो । 

यसअघि यो कम्पनीले २०२२ मा १ अर्ब ४ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । यद्यपी त्यसपछि भने यो कम्पनीको व्यापारमा गिरावट आएको थियो । २०२३ मा भने कम्पनीको व्यापार ६९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । २०२४ मा भने कम्पनीको व्यापारमा सुधार भएर ९५ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ । 

२००६ मा खुलेको यो कम्पनी २०१९ बाट सञ्चालनमा आएको थियो । यो कम्पनीले कोइला, कपर, अलुमुनियम, जिप्सम, रेसिनलगायतका वस्तुहरुको आयात तथा बिक्री गर्छ । साथै, यो कम्पनीले अरिहान्त ग्रुपको हतियार उत्पादनमा आवश्यक सामग्रीको पनि आयात गर्ने गरेको छ । 

यो कम्पनीको कार्यालय भने बिराटनगरमा छ र इटहरी, भैरहवा र बिरगञ्जमा शाखा कार्यालय रहेको छ । हाल यो कम्पनीको कार्यकारी निर्देशकका रुपमा गिरिश कुमार लुनिया रहेका छन् । 

हालका लागि यो कम्पनीले ७९ करोड ५० लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । जसमध्ये केयर रेटिङ नेपालले कम्पनीलाई २३ करोड ४० लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि माइनस र ५६ करोड १० लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ । 


Read Previous

हितेन्द्र शाक्यले व्यवस्थापन गर्न नसक्दा विद्युत आपूर्तिमा समस्या: कुलमान घिसिङ

Read Next

जलविद्युत् विकासमा अब नीति मात्रै हैन, नियमन पनि निर्णायक

Nepal Purbadhar