
काठमाडौं । गुगलले भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनममा एशियाकै सबैभन्दा ठूलो डेटा सेन्टर निर्माण गर्ने भएको छ ।
गुगलले १ गिगावट क्षमताको डेटा सेन्टर निर्माण गर्न लागेको हो । रोयटर्सका अनुसार गुगलले यो डेटा सेन्टर निर्माण गर्नका लागि ५० हजार करोड भारतीय रुपैयाँ लगानी गर्ने भएको छ । यसमध्ये १६ हजार करोड भारतीय रुपैयाँ भने नविकरणिय ऊर्जा उत्पादनका लागि खर्च हुनेछ ।
हाल भारतमा सबै डेटा सेन्टर गरि १.४ गिगावट क्षमताका डेटा सेन्टरहरु रहेका छन् ।
गत अप्रिलमा गुगलको मुल कम्पनी अल्फाबेटले यो वर्ष विश्वभरमा आफ्नो डेटा सेन्टरको क्षमता बढाउनका लागि ६.२५ लाख करोड भारतीय रुपैयाँ खर्च गर्ने बताएको थियो । सोही अनुरुप भारतमा पनि ५० हजार भारतीय रुपैयाँ बराबरको डेटा सेन्टर निर्माण गर्न लागेको हो ।