
सांकेतिक तस्बिर
काठमाडौं । संखुवासभामा २४.९२१ मेगावाटको जलविद्युत आयोजना निर्माण हुने भएको छ ।
भिजन टेस्ला पावर प्रालिले उक्त आयोजना निर्माण गर्न लागेको हो ।
प्रस्तावित आयोजना मकालु गाउँपालिका-५ इन्दुवा खोलाको पानीलाई उपयोग गरी निर्माण हुनेछ । यो अर्ध-जलाशययुक्त आयोजना हो । जसको सम्भाव्यता र विस्तृत अध्ययन भइसकेको छ । आयोजना निर्माणका लागि अनुमति लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले अनुमति दिन लागेको छ । विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजना स्थलमा प्रतिकुल प्रभाव पर्ने भए ३५ दिनभित्र लिखित राय प्रतिक्रिया दिन अनुरोध छ ।
यो आयोजनाबाट वार्षिक १४६.६०३ गिगावाट घण्टा हुनेछ ।
३३०० मिटर हेठरेस पाइमा, ३५०० मिटर लामो हेडरेस टनेल निर्माण गरिनेछ । निर्माण थालेको ३ वर्षमा सकिनेछ ।