Nepal Purbadhar

भारतमाथि अमेरिकाले लगायो २५ प्रतिशत कर


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । 

ट्रम्पले भारतमाथि अगस्ट १ बाट लागु हुने गरि कर लगाएका हुन् । हाल भारतमाथि अमेरिकाले औसतमा १० प्रतिशत कर लगाइरहेको थियो । 

‘भारतसँग हाम्रो मित्रता छ, तर पछिल्ला केही वर्षमा भारतसँग हाम्रो धेरै कारोबार भइसकेको छैन किनभने उनीहरुको कर धेरै छ’, ट्रम्पले कर लगाइएको बारे जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘साथै उनीहरुसँग गैर आर्थिक व्यापारिक रुकावटहरु पनि धेरै असहज किसिमका छन् । यसबाहेक भारत सधैं नै आफ्ना धेरै जसो सैन्य सामग्री रुससँग खरिद गर्छ ।’

उनले भारत रुसका लागि सबैभन्दा धेरै तेल खरिद कर्ता पनि रहेको बताउँदै युक्रेनसँग रुस युद्धमा भइरहेको बेला भारतले रूसबाट तेल तथा सैन्य सामग्री खरिद गरेको विषय उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘त्यसैले, भारतमाथि १ अगस्टबाट २५ प्रतिशत कर लाग्नेछ र माथि भनिएका कारण जरिवाना पनि लाग्नेछ ।’

भारतबाट मुख्य गरि अमेरिकातर्फ औषधी, स्मार्टफोन, हिरा र अन्य गरगहना, विद्युतीय सामग्रीलगायत निर्यात हुन्छन् । ट्रम्प प्रशासनले कर बढाएसँगै अब भारतबाट अमेरिका निर्यात हुने यी वस्तुहरुमा कर लाग्नेछ । 


Read Previous

अटो मोबाइल क्षेत्रमा दीर्घकालीन नीति किन अपरिहार्य छ?

Read Next

७ बुँदे सहमतिलाई कम नआँकौं : उपप्रधानमन्त्री सिंह

Nepal Purbadhar