Nepal Purbadhar

नेपालमा पहिलो पटक साउथ एसिया बिजनेस समिट हुँदै


काठमाडौं । काठमाडौं जेसिआइ नेपालको आयोजनामा नेपालमा पहिलो पटक जेसिआइ साउथ एसिया बिजनेस एण्ड इन्भेष्टमेन्ट मिट २०२५आयोजना हुनेभएको छ। यो ऐतिहासिक कार्यक्रम २०८२ साउन १८ गते (३ अगस्ट २०२५), थमेलस्थित होटल अलोफ्ट, काठमाडौं मा आयोजना गरिने भएको छ ।

कार्यक्रमको उद्देश्य भनेको दक्षिण एशियाका उद्यमीहरू, लगानीकर्ता, व्यवसायिक नेताहरू तथा नेपालका स्टार्टअपहरूबीच नेटवर्किङ, लगानीका अवसरहरूको पहिचान, र साझा सहकार्यको माध्यमबाट दिगो आर्थिक विकासमा टेवा पुर्‍याउनु रहेकोछ।

कार्यक्रमका प्रमुख आकर्षणहरूका रुपमा दक्षिण एशियाली व्यवसायिक नेताहरूको नेटवर्किङ सेसन, लगानीकर्तासँग प्रत्यक्ष सम्पर्क तथा पिचिङ सेसन

क्षेत्रीय विषयमा आधारित विशेष संवाद र छलफल कार्यक्रमहरू, नेपाली तथा दक्षिण एशियाली स्टार्टअप तथा इनोभेटिभ आइडियाको प्रदर्शनी लगायत रहेका छन् ।

“जेसिइ इन बिजनेस” शीर्षकमा आयोजित यस कार्यक्रममार्फत जेसिआइ को “सकारात्मक परिवर्तनका लागि युवालाई सशक्त बनाउने” उद्देश्यलाई अझ सशक्त बनाउने लक्ष्य लिइएको छ।


Read Previous

अनसनरत मेयरसँग छलफल गर्न पुग्यो सरकारी टोली

Read Next

वाईसीएलले बनायो मनोहरामा अस्थायी तटबन्ध

Nepal Purbadhar