
काठमाडौं । नेपाल टेलिकमको फोर जी तथा भोल्टई सेवामा समस्या आएको छ ।
सोमबार दिउँसो दुई बजेदेखि नेपाल टेलिकमको फोर जि तथा भोल्टइ सेवामा समस्या उत्पन्न भएर इन्टरनेट सेवामा अवरोध भएको हो । टेलिकमले कम्पनीको टु जि तथा थ्रि जि सेवा नियमित रुपमा सुचारु भइरहेको भएतापनि फोर जि तथा भोल्टइ सेवामा समस्या उत्पन्न भएको जनाएको छ ।
साथै यो समस्यालाई यथाशीघ्र समाधान गर्ने प्रयास पनि भइरहेको टेलिकमले सूचनामा उल्लेख गरेको छ ।
