
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सदस्यता नवीकरण भइसकेकाले कसैले विवाद गर्नु नपर्ने बताएकी छिन ।
उनले पत्रकार सम्मेलन आयोजना गरेर नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई काउन्टर गर्दै आफ्नो सदस्यता नवीकरण भएकाले विवाद नगर्न आग्रह गरेकी हुन् ।

पूर्व राष्ट्रपति भण्डारीले एमालेबाट राजनीति गर्न खोजेपछि एमालेले सदस्यता नै नवीकरण नगर्ने निर्णय गरेको थियो । त्यसपछि पत्रकार सम्मेलन गरेर उनले एमालेमार्फत राजनीतिमा आएर देश र जनताको सेवा गर्ने बताएकी छन् ।
‘पार्टीको सदस्य बन्ने, पार्टीलाइ सुदृढ बनाएर देश र जनताको सेवा गर्ने र जनतालाई समृद्ध र सुखी बनाउने मेरो उदेश्य हो,’ उनले भनिन्,’ राजनीतिक दलमा आवद्ध हुन पाउनु मौलिक हक हो ।’