Nepal Purbadhar

बिग्ही नदीमा बनेको पुलको प्रधानमन्त्री ओलीले गरे उद्घाटन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ को बिग्ही नदीमा निर्माण गरिएको पुलको उद्घाटन गरेका छन् । महोत्तरीको मटिहानी आएका प्रधानमन्त्री ओलीले बिग्ही नदीमा निर्माण गरिएको पुलको शिला अनावरण तथा रिबन काटेर पुलको उद्घाटन गरेका हुन् ।

महोत्तरीको मटिहानीलाई जनकपुरसँग जोड्ने सो पुल निर्माण निर्माण भएसँगै पुरानो पुलको जोखिमपूर्ण यात्रा गर्नबाट स्थानीयको बाध्यता हटेको छ ।

लगभग एक सय वर्ष पुरानो साँघुरो सो पुलको विकल्पमा नयाँ पुल निर्माण गरिएको हो ।

कालिका कन्सट्रक्सन प्रा.लि.भरतपुर चितवनले ७ करोड ५७ लाख ८० हजार २८३ रुपियाँमा निर्माण गरेको हो । 


Read Previous

रिद्धि सिद्धि सिमेन्टले ९ महिनामा कमायो ३ अर्ब ९९ करोड

Read Next

ओलीलाई विद्या भण्डारीको काउण्टर: पार्टी सदस्यता नवीकरण भइसकेकाले विवाद गर्नुपर्दैन

Nepal Purbadhar