Nepal Purbadhar

नागरिक पत्रिका प्रकाशन गर्ने नेपाल रिपब्लिक मिडियाले ९ महिनामा गर्‍यो १३ करोड ५० लाखको कारोबार


काठमाडौं । नागरिक पत्रिका प्रकाशन गर्ने नेपाल रिपब्लिक मिडिया प्रालिले ९ महिनामा १३ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ । 

यो कम्पनीले २०२५ को ९ महिनामा १३ करोड ५० लाख रुपैयाँको कारोबार गरेको हो । 

यसअघिका वर्षहरुको तुलनामा नेपाल रिपब्लिक मिडिया प्रालिको व्यापार निरन्तर गिरावट भइरहेको छ । २०२१ मा १७ करोड २० लाख रुपैयाँको कारोबार गरेको कम्पनीको २०२२ मा व्यापार २० करोड ३० लाख रुपैयाँ पुगेको थियो । 

२०२३ मा २२ करोड ३० लाख सम्मको व्यापार गरेको कम्पनीको त्यसपछि भने व्यापारमा गिरावट आएको छ । २०२४ मा कम्पनीको व्यापार १८ करोड रुपैयाँ भएको थियो । हाल २०२५ मा कम्पनीको व्यापार १३ करोड ५० लाख रुपैयाँ भएको छ । 

२००८ मा खुलेको नेपाल रिपब्लिक मिडिया प्रालि नागरिक दैनिकका साथै अन्य पत्रिकाको प्रकाशन गर्ने गर्छ । यो कम्पनी २०२१ मा भने पब्लिक कम्पनीमा रुपान्तरण भएर सेयर निष्कासन समेत गरेको थियो । कम्पनीको कुल सेयरमध्ये अधिकतम सेयर स्वामित्व यसका संस्थापक विनोद राज ज्ञवालीको साथमा ५४ प्रतिशत रहेको छ । 

रेटिङ एजेन्सी इन्फोमिरिक्सकाअनुसार यो कम्पनीको कारोबारका २०२३ देखि २०२४ मा २७ प्रतिशतको गिरावट आउनुको कारण बजार प्रतिस्पर्धा र विज्ञापनबाट हुने आम्दानीमा भएको गिरावट रहेको छ । हाल २०२५ मा भने कम्पनीको एबिट्डा मार्जिनमा पनि गिरावट भएको छ । २०२४ मा २७ प्रतिशत रहेको मार्जिन हाल १९ प्रतिशत कायम भएको छ । यसको कारण भने २०२४ को अगस्टमा आएको बाढी र त्यसका कारण पत्रिकाको उत्पादन कारखाना सार्नुपरेको र अन्य सञ्चालनका पक्षमा पनि क्षति भएको बताइएको छ । 


Read Previous

आकाशबाट हेर्दा तीन जिल्लाको संगम

Read Next

आर्थिक वर्ष २०८१/०८२: ११ वर्षकै धेरै निर्यात, आयात १८ खर्ब 

Nepal Purbadhar