Nepal Purbadhar

अनेरास्ववियू (क्रान्तिकारी)को शैक्षिक हड्ताल: कतै बन्द कतै खुला


काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले आह्वान गरेको आम शैक्षिक हड्तालका कारण शैक्षिक संस्थाहरु बन्द भएका छन् । केही शैक्षिक संस्था बन्द हुँदा केही भने खुलेका छन् । निजी विद्यालयहरुले बिहीबार बेलुका अभिभावकहरूलाई एसएमएस पठाएर विद्यालय बन्द हुने जानकारी गराएका थिए ।

आन्तरिक परीक्षा सञ्चालन भइरहेका कारण कतिपय विद्यालय भने खुलेका छन् । 

अनेरास्ववियू (क्रान्तिकारी) ले निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने, शिक्षामा भइरहेको निजीकरण बन्द हुनुपर्ने र शिक्षा ऐन छिटो जारी गर्नुपर्ने लगायतका मागसहित आज एक दिन आम शैक्षिक हड्ताल घोषणा गरेको हो ।


Read Previous

माटोमार्फत मानसिक स्वास्थ्य बुझाइरहेकी एलिस्टा

Read Next

पूर्वाधारमै समृद्धिको जग: निजी लगानी, सहकार्य र नीतिगत सुधारमार्फत विकासको गति

Nepal Purbadhar