
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बिएनसी अस्पतालले एक वर्षमा ९२ करोड २० लाख रुपैयाँको कारोबार गरेको हो ।
झापाको बिर्तामोडस्थित बिएनसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले २०२४ मा ९२ करोड २० लाख रुपैयाँको कारोबार गरेको हो ।
यसअघि २०२३ मा यो अस्पतालले ८१ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो भने २०२२ मा यसको कारोबार १ अर्ब १९ करोड रुपैयाँको भएको थियो ।
२०२४ मा बिएनसी अस्पतालले ९२ करोड २० लाख रुपैयाँको व्यापार गरिरहँदा यसको पिबिआइएलडिटी मार्जिन २३.४८ प्रतिशत कायम भएको छ । यसअघि २०२३ मा कम्पनीको मार्जिन नकरात्मक भएको थियो भने २०२२ मा २९.१९ प्रतिशत कायम भएको थियो ।
२०११ मा खुलेको यो बिएनसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि नेपालको पूर्वि भेगमा विभिन्न किसिमका उपचार सुविधा दिने स्थापित संस्थाका रुपमा रहेको छ । कम्पनीको चार जना रहेको बोर्डमा डा. रामबाबु गिरी अध्यक्ष छन् भने कार्यकारी निर्देशकमा दुर्गा प्रसाईं रहेका छन् ।
हालका लागि यो कम्पनीले ३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँको कर्जा सुवधाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यो कम्पनीलाई ३ अर्ब ३६ करोड ९१ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि बि प्लस र १० करोड रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।