Nepal Purbadhar

खल्ती र आईएमई मर्ज भएर बन्यो ‘खल्ती बाइ आइएमई’


काठमाडौं । डिजिटल भुक्तानी माध्यमका रूपमा रहेका खल्ती र आई. एम.ई बीच मर्ज भएका छन् ।

एक कार्यक्रमबीच मर्ज भएको घोषणा गरिएको छ ।

मर्ज भएपछि साविकका १ करोड २७ लाख ग्राहक एउटै एपमा जोडिएका छन् । खल्ती र आइएमई मर्ज भएर बनेको खल्ती बाइ आइएमईमा जोडिने भएका हुन् ।

नयाँ कम्पनी आइएमई खल्ती लिमिटेडको चुक्ता पुँजी ५४ करोड रुपैयाँ पुगेको छ ।

सेवाग्राही र पूँजीले ‘खल्ती बाई आईएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ ।





Read Previous

पाँच तारे होटल इच्छाले ९ महिनामा कमायो १० करोड ८० लाख 

Read Next

काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १६,१३७ विद्यार्थी छनोट, प्रवेश पत्र डाउनलोड आजदेखि

Nepal Purbadhar