Nepal Purbadhar

पाँच तारे होटल इच्छाले ९ महिनामा कमायो १० करोड ८० लाख 


काठमाडौं । सिमरास्थित पाँच तारे होटल इच्छा सञ्चालन गर्ने होटल इच्छा लिमिटेडले ९ महिनामा १० करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । 

२०२५ को ९ महिनामा यो कम्पनीले १० करोड ८० लाख रुपैयाँको कारोबार गरेको हो । 

यसअघिका वर्षहरु हेर्दा २०२१ मा यो कम्पनीले २ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो भने २०२२ मा ६ करोड रुपैयाँको कारोबार गरेको थियो । २०२३ मा यो कम्पनीको व्यापार १० करोड ८० लाख रुपैयाँ थियो । 

अघिल्लो वर्ष २०२४ मा भने यो कम्पनीले १७ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२५ को ९ महिनामा भने यो कम्पनीले १० करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ । 

२०१५ मा खुलेको यो कम्पनी २०२४ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । २०२३ अघि चार तारे होटलका रुपमा रहेको होटल इच्छा २०२३ पछि भने पाँच तारे होटलका रुपमा सुचिकृत भएको थियो । यो कम्पनीको प्रोमोटरमा इच्छाबहादुर घले तथा उनका परिवारलगायत रहेका छन् । 


Read Previous

त्रिवि क्रिकेट मैदानको काम नसकिँदा ठेकेदारलाई दैनिक दुई लाख हर्जना, यसरी भइरहेको छ काम

Read Next

खल्ती र आईएमई मर्ज भएर बन्यो ‘खल्ती बाइ आइएमई’

Nepal Purbadhar