Nepal Purbadhar

साउन आएसँगै चुरापोते बजारमा चहलपहल


काठमाडौं । साउन महिना आउन थालेसँगै बजारमा चहलपहल बढेको छ। साउनमा महिलाहरुले हरियो चुरा, पोते, मेहेन्दी तथा हरिया कपडा लगाउने प्रचलन भएका कारण व्यापार चलायमान भएको हो।

खासगरी असन-इन्द्रचोक क्षेत्रमा चुरापोतेको बढी किनबेच हुन्छ। पर्याप्त विकल्प हुने भएकोले धेरैजसो ग्राहक त्यही पुग्छन्। 

असार महिनामै व्यापारीहरुले साउनका लागि सामान ल्याइसकेका थिए। असार अन्तिमदेखि नै महिलाहरुले साउनको किनमेल गर्न थाल्छन् । 

साउनपछि महिलाहरुको ठूलो चाड तीज आउने भएकाले चुरापोतेको व्यापार एक-दुई महिना चल्ने व्यापारीहरु बताउँछन् ।  आर्थिक मन्दीको असरमा कारण सोचेजस्तो व्यापार भने नभएको उनीहरुको भनाइ छ ।


Read Previous

इप्पान ‘ऊर्जा ज्योति सम्मान, २०८२’ वरिष्ठ ऊर्जाविज्ञ अधिकारीलाई

Read Next

कल्याणपुर नगरपालिकाका मेयर घुससहित पक्राउ

Nepal Purbadhar