Nepal Purbadhar

मौद्रिक नीतिको असर: बैंकहरुले घटाए ब्याजदर


काठमाडौं । साउनका लागि बैंकको ब्याजदर सार्वजनिक भएको छ । साउन महिनाका लागि धेरैजसो बैंकहरुले निक्षेप ब्याजदर घटाएका छन् ।

यसअघि जेठ र असारमा स्थीर रहेको ब्याजदर साउन महिनामा भने राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमा गरिएको नीतिगत दर तथा स्थायी तरलता सुविधा दर र स्थायी निक्षेप सुविधा संकलन दरमा भएको गिरावटका कारण घटेको छ ।

गत असारमा मुद्दती निक्षेपमा कृषि विकास बैंकले अधिकतम ब्याजदर ५.४५ प्रतिशत ब्याजदर दिएकोमा साउन महिनामा ५.४० प्रतिशत ब्याजदर कायम गरेको छ । त्यस्तै, एभरेष्ट बैंकले असारमा मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ६.५५ प्रतिशत ब्याजदर कायम गरेकोमा साउनमा ६.२५ प्रतिशत ब्याजदर कायम भएको छ ।

नेपाल बैंकले असारमा मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ५.४५ प्रतिशत ब्याजदर कायम गरेकोमा साउनमा मुद्दती निक्षेपमा ५.४० प्रतिशत ब्याजदर कायम गरेको छ । त्यस्तै, असारमा मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ५.७५ प्रतिशत ब्याजदर कायम गरेको लक्ष्मी सनराइज बैंकले साउन महिनामा ५.०५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

नबिल बैंकले असारमा मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ५.७५ प्रतिशत ब्याजदर कायम गरेको थियो । साउन महिनामा भने नबिल बैंकको ब्याजदर ५.५० प्रतिशत कायम भएको छ ।

राष्ट्र बैकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमा नीतिगत दरलाई ५ प्रतिशतबाट कम गरेर ४.५ प्रतिशतमा झार्ने घोषणा गरिएको थियो ।

साथै, स्थायी तरलता सुविधा दर ६.५ प्रतिशत बाट ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर ३ प्रतिशतबाट २.७५ प्रतिशतमा झार्ने घोषणा भएसँगै बैंकहरुमाथि ब्याजदर घटाउन दबाब सिर्जना भएको थियो ।

असार र साउनमा बैंकहरुको मुद्दती निक्षेपमा कायम भएको अधिकतम ब्याजदर

Facebook Comments

Read Previous

काठमाडौं महानगरले दिने छात्रवृत्तिका लागि १७,२२९ आवेदन प्राप्त, साउन १ गते देखि प्रवेश पत्र डाउनलोड गर्न सकिने

Read Next

इप्पान ‘ऊर्जा ज्योति सम्मान, २०८२’ वरिष्ठ ऊर्जाविज्ञ अधिकारीलाई

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar