Nepal Purbadhar

पाटन अस्पतालको स्तरोन्नती हुँदै, १२०० शय्यामा क्षमता विस्तार हुने


काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालको स्तरोन्नती हुने भएको छ । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्तरोन्नतीका लागि वन तथा वातावरण मन्त्रालयमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पेश गरेको हो । 

कुल १० अर्ब ७३ करोड २३ लाख ५४ हजार ६७९ रुपैयाँ लागतमा यो अस्पतालको स्तरोन्नती हुन लागेको हो । 

हाल ६ सय शय्या रहेको अस्पताललाई अब १२ सय शय्या बनाउने गरि प्रस्ताव गरिएको छ । यसका लागि दुई तल्ला बेस्मेन्ट, भुँई तल्ला र ७ तल्ला अग्लो हुने गरि १० तल्लाको भवन निर्माण गर्न लागिएको छ । 

नयाँ भवनको तल्लो बस्मेन्ट पार्किङका लागि प्रयोग हुनेछ, जसको क्षेत्रफल ५ हजार ३२७.६ वर्ग मिटर रहनेछ भने भुँई तल्ला ५ हजार २११.५६ वर्ग मिटरको रहनेछ । भुँई तल्लामा ५ सय वटा बाइक र ३ सय वटा कार पार्किङ गर्न सकिने वातावरणिय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख गरिएको छ । 

त्यस्तै, सातौं तल्लाको क्षेत्रफल ४ हजार ३५३.०९ वर्गमिटर हुने गरि प्रस्ताव गरिएको छ र त्यसमाथि सबैभन्दा माथिल्लो भागमा २५५.९७ वर्ग मिटर क्षेत्रफलमा भने पानीको टंकी राखिनेछ । 

हाल दैनिक दुई लाख लिटर पानी प्रयोग भइरहेको अस्पतालमा स्तरोन्नतीपश्चात भने चार लाख लिटर पानी दैनिक प्रयोग हुनेछ । 

यो आयोजना निर्माण सुरु भएको ३६ महिना अर्थात ३ वर्षभित्रमा सम्पन्न गर्ने प्रस्ताव गरिएको छ । 


Read Previous

दुर्गा प्रसाईंले बिर्तामोडमा खोल्दै पाँच तारे होटल, लगानी कति?

Read Next

अन्तत: भारतीय बजारमा सार्वजनिक भयो टेस्ला

Nepal Purbadhar