
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र बिचौलियाबिच भएको घुस लेनदेनमा जोडिएको जग्गा हो – पोखरा बाटुलेचौर मार्गमा रहेको लिची गार्डेन ।
सोही गार्डेन आफुले चाहेको व्यक्ति नाममा दर्ता गराउन ती विचौलियाले खमबहादुर पुनलाई भूमि आयोग र रामचन्द्र अधिकारीलाई कास्कीको मालपोतमा सरुवा गर्न मन्त्री गुप्ता घुसको डिल गरेका थिए ।

अडियोमा सुनिएका ती विचौलियाले करिब दुई वर्षदेखि उक्त जग्गा दर्ता गर्न कसरत गरिरहेका थिए । उक्त घुस डिलमा मुछिएको मन्त्री गुप्ताले पदबाट राजीनामा दिइसकेका छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


