Nepal Purbadhar

झ्याप्ले खोलामा यसरी भइरहेको छ सडक पुनर्निर्माण र पहिरो रोकथामको काम


काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड अन्तर्गत झ्याप्ले खोलामा गत वर्ष असोज १२ गते गएको पहिरोले पुर्‍याएको क्षतिपछि अहिले पुनर्निर्माणको काम भइरहेको छ । साथै पहिरो रोकथामको काम पनि सँगसँगै भइरहेको छ ।

चिनियाँ कम्पनी जियाङ्सु र नेपाली साझेदार सगुनले संयुक्त रुपमा निर्माण गरिरहेको यो सडकको पहिलो खण्ड लगभग ८० प्रतिशतभन्दा बढी कालोपत्रे भइसकेको छ ।

निर्माण व्यवसायीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेका अनुसार चिनियाँ साझेदार भए पनि सबै काम नेपाली कम्पनीले नै गरिरहेको छ। एक तहको कालोपत्रे लगभग सकिएको उनले जानकारी दिए ।

सडकभन्दा २००/३०० मिटर माथि गरिएको जग्गा प्लटिङका कारण पहिरो गएर कल्भर्ट थुनिएर सडक बगाएको उनले बताए । ‘पहिरो हाम्रो निर्माण कार्यले गर्दा आएको होइन, यो पूर्ण रूपमा माथिको प्लटिङको अव्यवस्थित कार्यले निम्त्याएको हो,’ घिमिरेले भने ।

पहिरो गएपछि सडक विभागले पुनः डिजाइन र अनुमान गरेर यसको रोकथामको जिम्मा सगुनलाई नै दिएको हो। घिमिरेका अनुसार हाल पहिरो रोकथामका लागि विभिन्न तहमा काम भइरहेको छ । पहिरोले बनाएको गल्छीहरूमा माटो र लेदो छेक्न ब्याम्बो क्रिब वाल (बाँसको पर्खाल) लगाइनेछ । हलुका र ढुवानीमा सहज हुने भएकाले बाँस प्रयोग गरिएको र पछि गएर यो आफैं झाँगिएर दिगो हुने घिमिरेले बताए ।

Facebook Comments

Read Previous

निषेधित क्षेत्रमा नेविसंघको प्रदर्शन, १० जना समातिए

Read Next

संविधान संशोधनका लागि प्रचण्डको प्रस्ताव, अघि सारे ७ एजेन्डा

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar