
काठमाडौं । आषाढ २४ गते मंगलबार बिहान नेपाल चीन सीमामा पर्ने लेन्डेखोला (भोटेकोशी) मा आएको बाढीले रसुवाको स्याफ्रुबेसी टिमुरे सडक पूर्णरुपमा अवरोध भएको छ । ठाउँ ठाउँमा गएको पहिरोका कारण सवारी साधन चलाउन र पैदल यात्रा गर्न समेत कठिन भएको छ ।

गोसाइँकुण्ड गाउँपालिका ३ लिङलिङमा सडक बाढीले बगाउँदा सो क्षेत्रमा जोखिम मोलेर यात्रा गर्नु पर्ने अवस्था रहेको छ ।

नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले ठाउँ ठाउँमा बाटो बनाउने काम गरेतापनि सवारी साधनका लागि भने सडक कहिले खुल्ने टुंगो छैन ।

नेपाल चीन जोड्ने प्रमुख सडक अवरोध हुँदा काठमाडौं उपत्यका प्रवेश गर्ने सयौ मालबाहक सवारी साधनहरु टिमुरे मै थन्किएका छन् ।

Facebook Comments