Nepal Purbadhar

स्वर्णिम होटलको ९ महिनामा गर्‍यो १७ करोड ६० लाख रुपैयाँको व्यापार 


काठमाडौं । स्वर्णिम होटलल ९ महिनामा १७ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । 

२०२५ को ९ महिनामा यो कम्पनीले १७ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो । अघिल्लो वर्ष २०२४ मा भने कम्पनीले ८ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । 

२०१२ मा स्वर्णिम बुटिक होटल प्रालिका नाममा स्थापना भएर २०२४ मा पब्लिक कम्पनीमा रुपान्तरण हुँदै स्वर्णिम होटल लिमिटेड बनेको यो कम्पनीले काठमाडौंमा होलिडे इन एक्स्प्रेस नाममा होटल सञ्चालन गरिरहेको छ । नक्सालमा रहेको यो होटल इन्टरकन्टिनेन्टल होटल्स ग्रुपसँगको व्यवस्थापकिय सम्झौतामा होटल सञ्चालन गरिरहेको हो । यो होटलमा १०० वटा कोठाहरु रहेका छन् जसमध्ये ९९ डिलक्स कोठा र १ वटा स्विट कोठा रहेको छ । २०२३ को डिसेम्बारबाट पूर्ण रुपमा यो होटल सञ्चालनमा आएको थियो । 

स्वर्णिम होटल लिमिटेडको सेयर स्वामित्व भने नरेश लाल श्रेष्ठसँग ३८ प्रतिशत रहेको छ । 

कम्पनीको व्यापारमा बृद्धि भइरहँदा मार्जिनमा पनि बृद्धि भएको छ । कम्पनीको इबिआइटिडिए मार्जिन (ब्याज, कर, मूल्यह्रास, र अमूर्त सम्पत्तिको मूल्यह्रास काट्नु अघि को आम्दानी) २०२४ मा २१.८९ प्रतिशत थियो । २०२५ को ९ महिनामा भने कम्पनीको मार्जिन ३१.९७ प्रतिशत मार्जिन कायम भएको छ । 

हालका लागि भने कम्पनीले ९७ करोड १० लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि रेटिङ गराएको छ । उक्त कर्जा सुविधाका लागि रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले कम्पनीलाई डबल बि प्लस रेटिङ दिएको छ । 


Read Previous

आवेग र उत्तेजनामा नभई संयमित भएर बजेट ल्याउने प्रक्रियामा सहभागी हुन काठमाडौंकी उपमेयर डंगोलको अपिल

Read Next

समानान्तर निर्माण सेवाले एक वर्षमा गर्यो १ अर्ब ७१ करोडको व्यापार