
काठमाडौं । कीर्तिपुरमा निर्माणधिन क्रिकेट मैदानमा सिट राख्ने काम सुरु गरिएको छ । सो रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन र रातमा खेल सञ्चालन गराउने गरी गत फागुनदेखि काम सुरु भएको हो ।

तोकिएकै समय सीमा भित्र निर्माणको काम नसकिने भए पनि पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गर्ने योजना अनुरुप काम भई रहेको छ ।
