Nepal Purbadhar

सांघाई परिवारको त्रिवेणी दाल तथा तेल उद्योगले ९ महिनामा कमायो ९३ करोड ८० लाख रुपैयाँ


काठमाडौं । नेपालको व्यापारिक घराना सांघाई परिवारको त्रिवेणी दाल तथा तेल उद्योगले ९ महिनामा ९३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले २०२५ को सुरुवाती ९ महिनामा ९३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।

२०२५ को ९ महिनामा ९३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको भएतापनि विगतका वर्षहरुमा भने कम्पनीको व्यापार निरन्तर ओरालो लागिरहेको छ । २०२२ मा यो कम्पनीले १ अर्ब ९४ करोड रुपैयाँको व्यापार गरेको थियो ।

२०२३ मा भने कम्पनीको व्यापार १ अर्ब ४० करोड ३० लाख रुपैयाँको भएको थियो । २०२४ मा कम्पनीको व्यापार १ अर्ब २५ करोड ४० लाख रुपैयाँमा सीमित भएको थियो ।

कम्पनीको व्यापार विगतका वर्षहरुमा ओरालो लागिरहँदा कम्पनीको पिबिआइएलडिटी मार्जिन (ब्याज, लिज, मूल्यह्रास र कर तिर्नु अघि को नाफा) मा भने केही सुधार भएको छ ।

२०२२ मा कम्पनीको पिबिआइएलडिटी मार्जिन ५.९१ प्रतिशत कायम भएको थियो । २०२३ मा मार्जिनमा भारी गिरावट आएर ०.४२ प्रतिशत मार्जिन कायम भएकोमा २०२४ मा यसमा थप गिरावट आएर ०.३५ प्रतिशत मात्रै मार्जिन कायम भएको थियो । २०२५ को सुरुवाती ९ महिनामा भने कम्पनीको मार्जिन ५.८२ प्रतिशत कायम भएको छ ।

सन् १९९५ मा स्थापना भएको त्रिवेणी दाल तथा तेल उद्योग प्रालिले मुख्य गरि विभिन्न किसिमका दाल तथा गेडागुडीहरुको आयात, प्रशोधन तथा बिक्री र निर्यात गर्दै आएको छ । साना तथा मझौला उद्योग विभागमा दर्ता रहेको कम्पनीसँग वर्षेनी १८ हजार मेट्रिक टन उत्पादन क्षमताको अनुमति रहेको छ ।

हालका लागि भने कम्पनीले ६८ करोड ४५ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । कयर रेटिङ नेपालले यो कम्पनीलाई ३१ करोड ४५ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि र ३७ करोड रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।

Facebook Comments

Read Previous

निगमले स्वदेशी सीप र पूँजीमा पुरा गर्यो पोखरा हवाइ इन्धन भण्डारणगृह निर्माण परियोजना

Read Next

तातोपानी नाकाबाट पहिलो पटक भित्रियो हेलिकप्टर

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar