Nepal Purbadhar

त्रिवेणी स्पिनिङ मिलको व्यापार एक वर्षमा २ अर्ब ४३ करोड


काठमाडौं । त्रिवेणी स्पिनिङ मिल्स प्रालिले एक वर्षमा २ अर्ब ४३ करोडको व्यापार गरेको छ । 

कम्पनीले २०२४ मा २ अर्ब ४३ करवड ४० लाख रुपैयाँको व्यापार गरेको हो । २०२३ को तुलनामा २०२४ मा व्यापारमा केही बृद्धि भएको छ । २०२३ मा यो कम्पनीले २ अर्ब ३८ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । 

२०२२ मा भने कम्पनीले ३ अर्ब ७१ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । 

२०२४ मा व्यापारमा केही सुधार भईरहँदा कम्पनीको पिबिआइएलडिटी मार्जिन (ब्याज, लिज, मूल्यह्रास र कर तिर्नु अघि को नाफा) भने २.११ प्रतिशत कायम भएको छ । २०२२ यता कम्पनीको मार्जिनमा पनि कमि आएको छ । २०२२ मा कम्पनीको मार्जिन १८.६६ प्रतिशत थियो । २०२३ मा भने कम्पनीको मार्जिन ७.८४ प्रतिशत कायम भएको थियो । 

२०२४ मा भने कम्पनीको मार्जिन २.११ प्रतिशत मार्जिन कायम भएको छ । 

१९९५ मा खुलेको त्रिवेणी स्पिनिङ मिल २०२३ मा प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । नेपालको व्यापारिक घराना सांघाई परिवारको स्वामित्वमा रहेको यो कम्पनीले पोलिस्टर, भिस्कोस, आर्केलिकलगायत किसिमका धागोहरु उत्पादन गर्छ । कम्पनीको १८ हजार मेट्रिक टन प्रति वर्षको क्षमता रहेको कम्पनीको कारखाना बारा जिल्लामा रहेको छ । कम्पनीको अध्यक्षमा भने रामचन्द्र सांघाई रहेका छन् । 

हालका लागि भने यो कम्पनीले ३ अर्ब ३ करो ७० लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । केयर रेटिङ नेपालले त्रिवेणी स्पिनिङ मिललाई १ अर्ब ३० करोड २६ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि र १ अर्ब ७३ करोड ४३ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ । 


Read Previous

भारतमा बिक्रीमा रेकर्ड ब्रेक गरेको एमजी विन्डसर ईभी नेपाली बजारमा सार्वजनिक,कति पर्छ मूल्य ?

Read Next

निगमले स्वदेशी सीप र पूँजीमा पुरा गर्यो पोखरा हवाइ इन्धन भण्डारणगृह निर्माण परियोजना