Nepal Purbadhar

कुलेश्वर फलफूल बजार हिलाम्य, हरेक वर्ष दोहोरिन्छ समस्या


काठमाडौं । बर्खा लागेपछि काठमाडौंका तरकारी तथा फलफूल बजार अस्तव्यस्त हुन्छन् । तरकारी बजार त्यसै पनि अलि अलि हिलो भइरहने ठाउँ हो । त्यसमाथि पानी पसेपछि हिलाम्ये हुने गरेको छ । 

काठमाडौंको कुलेश्वरस्थित फलफूल बजारको हालत त्यस्तै भएको छ । बजार क्षेत्र जलमग्न हुन थालेपछि व्यापारीका साथै ग्राहकलाई पनि समस्या भएको छ । बजार सुक्खा र सफा नहुँदा व्यापार समेत घटेको थोक विक्रेताहरुले बताएका छन् । बजारको संरचना व्यवस्थित नहुँदा र नाली प्रणाली कमजोर हुँदा हरेक वर्षायाममा यस्तो समस्या दोहोरिने गरेको व्यापारीहरू बताउँछन्। 

गत वर्षको बर्खायाममा पनि बागमतीको बाढी फलफूल बजारमा पसेर बिजोग भएको थियो ।


Read Previous

कुलिङ पिरियडबारे माओवादी- यो गम्भीर राजनीतिक, संवैधानिक, कानुनी र नैतिक प्रश्न हो

Read Next

यस्तो छ क्लियर गर्ने भनिएको चोभार गल्छी