Nepal Purbadhar

अशोक स्टिलको व्यापार घट्यो, एक वर्षमा ३ अर्ब ५८ करोडको व्यापार 


काठमाडौं । अशोक स्टिल इन्डस्ट्रिजको व्यापारमा गिरावट आएको छ । 

अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार २०२४ मा ४६ प्रतिशतले कम भएको हो । २०२३ मा यो कम्पनीले ६ अर्ब ६६ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, २०२४ मा भने कम्पनीको व्यापारमा अघिल्लो वर्षको तुलनामा ४६ प्रतिशतको कमि आएर व्यापार ३ अर्ब ५८ करोड ६० लाख रुपैयाँमा सीमित भएको हो । 

यसअघि २०२२ मा कम्पनीको व्यापार ६ अर्ब ८८ करोड १० लाख रुपैयाँ थियो । २०२२ यता कम्पनीको व्यापारमा निरन्तर कमि आएको छ । 

कम्पनीको व्यापारमा कमि आइरहँदा मार्जिनमा भने केही बृद्धि भएको छ । कम्पनीको पिबिआइएलडिटी मार्जिन (ब्याज, लिज, मूल्यह्रास र कर तिर्नु अघि को नाफा) २०२२ मा ३.९१ प्रतिशत थियो । २०२३ मा कम्पनीको मार्जिनमा केही सुधार आएर ५.०२ प्रतिशत मार्जिन कायम भएको थियो । २०२४ मा भने कम्पनीको मार्जिन ९.६९ प्रतिशत मार्जिन कायम भएको छ । 

१९८४ मा खुलेको अशोक स्टिल इन्डस्ट्रिज प्रालि टिएमटी स्टिल बारहरुको उत्पादन गर्ने कम्पनी हो । बारा जिल्लाको गडिमाई नगरपालिकामा रहेको कम्पनीको उत्पादन कारखानामा प्रति वर्ष १ लाख मेट्रिक टन टिएमटी बारहरुको उत्पादन क्षमता रहेको छ । कम्पनीले टिएमटी बारका साथै स्पञ्ज आइरन र स्क्र्याप आइरनको उपयोग गरेर एमएस बिल्लेटको पनि उत्पादन गर्दै आएको छ । 

यो कम्पनीमा दुई जना बोर्ड सदस्य रहेका छन्, जसको अध्यक्षता पुनम चन्द अग्रवालले गरेकी छिन् । 

हालका लागि भने कम्पनीले ३ अर्ब ३ करोड रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले १ अर्ब ३९ करोड २३ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि बि प्लस र १ अर्ब ६३ करोड ७७ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ । 


Read Previous

ग्लोबल एग्रोले ९ महिनामा कमायो २ अर्ब ८६ करोड रुपैयाँ

Read Next

सरकारले २०० नयाँ झोलुङ्गे पुल बनाउने, ६० वटा स्थानीय तहका प्रशासकीय भवन बनाउने