Nepal Purbadhar

ग्लोबल एग्रोले ९ महिनामा कमायो २ अर्ब ८६ करोड रुपैयाँ


काठमाडौं । कुखुरा तथा पशुका लागि दाना उत्पादन गर्ने कम्पनी ग्लोबल एग्रो प्रोडक्टस् प्रालिले ९ महिनामा २ अर्ब ८६ करोड रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले २०२५ को सुरुवाती ९ महिनामा २ अर्ब ८६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।

यसअघिका वर्षहरुमा हेर्दा २०२१ मा कम्पनीले २ अर्ब ५६ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, २०२२ मा कम्पनीले २ अर्ब ४४ करोड, २०२३ मा २ अर्ब ८२ करोड ३० लाख र २०२४ मा ३ अर्ब ४० करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।

२०२५ को सुरुवाती ९ महिनामा भने कम्पनीले २ अर्ब ८६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।

सन् २०१२ मा खुलेको ग्लोबल एग्रो प्रोडक्टस् प्रालि कुखुरा तथा गाइवस्तुका लागि दाना उत्पादन गर्ने कम्पनी हो । हाल कम्पनीसँग प्रति घन्टा १८ मेट्रिक टन पेलेट दाना र ५ मेट्रिक टन प्रति घन्टा ‘मास फिड’ उत्पादन गर्ने क्षमता रहेको छ । भरतपुर चितवनमा रहेको कम्पनीको कारखानाबाट ग्लोबल, अमृत र उन्नत नाममा उत्पादन बिक्री हुँदै आएको छ ।

यो कम्पनीको स्वामित्व भने विभिन्न ९ जनासँग ६५ प्रतिशत रहेको छ ।

हालका लागि भने यो कम्पनीले १ अर्ब ३० लाख ६० हजार रुपैयाँको कर्जा सुविधाका लगि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले १७ करोड रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि त्रिपल बि र १ अर्ब १३ करोड ६० लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए थ्रि रेटिङ दिएको छ ।


Read Previous

बबरमहल र मीनभवनमा बन्दैछन् आकाशे पुल

Read Next

अशोक स्टिलको व्यापार घट्यो, एक वर्षमा ३ अर्ब ५८ करोडको व्यापार

Nepal Purbadhar