Nepal Purbadhar

बुद्ध एयरले ६ महिनामा गर्‍यो ७ अर्ब ४१ करोडको व्यापार 


काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले ६ महिनामा ७ अर्ब ४१ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । 

२०२५ को सुरुवाती ६ महिनामा ७ अर्ब ४१ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो । 

यस अघिका वर्षहरुमा पनि कम्पनीको व्यापार क्रमश: बढ्दै गएको थियो । २०२१ मा कम्पनीले ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, २०२२ मा १० अर्ब ९ करोड ८० लाखको व्यापार गरेको कम्पनीले २०२३ मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । 

२०२४ मा भने कम्पनीको व्यापार १३ अर्ब २२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२५ को सुरुवाती ६ महिनामा भने कम्पनीले ७ अर्ब ४१ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । 

सन् १९९६ मा खुलेको बुद्ध एयर प्रालिले मुख्य गरि नेपालका विभिन्न सहर तथा भारतका केही ठाउँमा उडान गर्ने गरेको छ । नेपालको वायुसेवा क्षेत्रमा सबैभन्दा लामो समयदेखि सञ्चालनमा रहेको र सबैभन्दा ठूलो कम्पनी पनि यहि हो । हाल यो कम्पनीले २ वटा एटिआर ४२ र १६ वटा एटिआर ७२ जहाज सञ्चालन गर्दै आएको छ । कम्पनीको अध्यक्षमा भने विरेन्द्र बहादुर बस्नेत रहेका छन् । 

हालका लागि कम्पनीले रेटिङ एजेन्सी ईक्रा नेपालबाट दीर्घकालिन तथा अल्पकालिन कर्जा सुविधामा ३ अर्ब ८ करोड ९१ लाख रुपैयाँको रेटिङ गराएको छ ।


Read Previous

बतास ट्रयाक्टर प्रालिले ९ महिनामा गर्यो ४४ करोडको व्यापार

Read Next

हिमस्टार ऊर्जा कम्पनीले २४ गतेबाट आइपिओ निष्कासन  गर्ने, कम्पनीको वित्तिय अवस्था कस्तो छ ?