Nepal Purbadhar

बतास ट्रयाक्टर प्रालिले ९ महिनामा गर्यो ४४ करोडको व्यापार


काठमाडौं । बतास ट्रयाक्टर प्रालिले ९ महिनामा ४४ करोडभन्दा धेरैको व्यापार गरेको छ । 

२०२५ को सुरुवाती ९ महिनामा कम्पनीले ४४ करोड ३० लाख रुपैयाँको कारोबार गरेको हो । 

यसअघिका वर्षहरुको तुलनामा कम्पनीको व्यापारमा बृद्धि भएको देखिएको छ । २०२१ मा कम्पनीले ७५ करोडको व्यापार गरेको थियो भने २०२२ मा ७६ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । 

तर २०२३ मा भने कम्पनीको व्यापारमा केही गिरावट आएर २६ करोड २० लाख रुपैयाँको व्यापार भएको थियो । २०२४ मा यसमा सुधार हुँदै व्यापार ३० करोड ५० लाख रुपैयाँमा सीमित भएको थियो । 

२०२५ को सुरुवाती ९ महिनामा भने कम्पनीले ४४ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । 

बतास ट्रयाक्टर प्रालि सन् २०१६ मा सुरु भएको कम्पनी हो । यो कम्पनीले नेपालमा क्याटरपिलर कम्पनीका निर्णमा उपकरण, गोदरेज तथा प्रोपेल ब्रान्डका उपकरणहरुको आधिकारिक रुपमा बिक्री गर्दै आएको छ । 

नेपालको व्यापारिक समूह बतासकै एक भागका रुपमा रहेको यो कम्पनीमा बहुमत सेयर ६७ प्रतिशतको स्वामित्व बतास परिवारसँगै रहेको छ । 

व्यापारमा केही सुधार गरेको कम्पनीले हालका लागि १ अर्ब १३ करोड ६० लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीलाई ७४ करोड रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि एलबि र ३९ करोड ६० लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ । 


Read Previous

यस्तो बन्यो एतिहासिक खुल्ला मञ्च

Read Next

बुद्ध एयरले ६ महिनामा गर्‍यो ७ अर्ब ४१ करोडको व्यापार