Nepal Purbadhar

पोखरामा केबलकार बनाउन पुम्दीकोट महादेव केवलकारले १ अर्ब २८ करोडको कर्जा लिँदै

तस्बिर: एआईबाट


काठमाडौं । पोखराको पुम्दीकोट महादेव केवलकार प्रालिले १ अर्ब २८ करोडभन्दा धेरैको कर्जा सुविधा लिने भएको छ । 

२०२३ मा खुलेको यो कम्पनीले पोखराको पुम्दिकोट क्षेत्रमा केबलकार परियोजना निर्माण तथा सञ्चालन गर्ने प्रस्ताव गरेको छ । २०२६ को मध्य जुलाईबाट सञ्चालनमा आउने तयारी रहेको यो कम्पनीले हालका लागि १ अर्ब २८ करोडभन्दा धेरैको कर्जा सुविधा लिन लागेको हो । 

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई १ अर्ब २६ करोड रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि बि प्लस र २ करवड ४० लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ । 

यो कम्पनीले निर्माण गर्न लागेको केवलकारको कुल लम्बाई १.१ किलोमिटर दुरी रहेको छ । कुल लगानी १ अर्ब ६० करोड ४० लाख रुपैयाँमा निर्माण हुन लागेको केबल कारको निर्माणका लागि ८० प्रतिशत कर्जा मार्फत निर्माण गर्न लागिएको हो । 

आयोजनाको निर्माणमा अनुभव भएका लगानीकर्ताहरु रहेका छन् । कम्पनीमा प्रमुख प्रोमोटर चितवन को-इ ग्रुप रहेको छ, जुन कम्पनी नेपालको पहिलो प्यासेन्जर केबलकार सञ्चालनमा ल्याउने कम्पनी हो । पोखराको पुम्दीकोटको पहाडमा रहेको महादेवको मुर्ती र त्यहाँबाट देखिने पोखरा सहरको दृश्यावलोकनका लागि आगन्तुकहरुको भिड हुने कुरालाई ध्यानमा राख्दै यो आयोजना निर्माण गर्न लागिएको हो । 

हाल जग्गा अधिग्रहणको क्रममा रहेको आयोजनाको आयोजना खर्च प्रति किलोमिटर १ अर्ब ४५ करोड ८० लाख रुपैयाँसम्म रहेको रेटिङ एजेन्सीले जनाएको छ । सञ्चालनमा आएपछि दोस्रो वर्षबाट आयोजना निर्माणको कर्जामध्ये हरेक वर्ष १७ प्रतिशत तिर्ने गरि ११ वर्षका लागि कर्जा लिन लागिएको हो । 

यो कम्पनीको प्रमुख लगानीकर्ताहरुमा अग्नी ग्रुपका अर्जुन प्रसाद शर्मा, चन्त्रकान्त बराल, राजेश बाबु श्रेष्ठ तथा चितवन को-इ ग्रुपसँग सम्बन्धित व्यक्तिहरु रहेका छन् । 


Read Previous

विपद्जन्य सूचना प्रवाहलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्रीबिच छलफल

Read Next

मनिपाल अस्पतालले कमायो १० महिनामा १ अर्ब ८४ करोड