Nepal Purbadhar

सिजि फुड्सले ९ महिनामा गर्‍यो ५ अर्ब बढिको व्यापार


काठमाडौं । सिजि फुड्स नेपालले ९ महिनामा ५ अर्ब ७१ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । 

२०२५ को पहिलो ९ महिनामा सिजि फुड्स नेपालले ५ अर्ब ७१ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो । 

२०२२ मा यो कम्पनीले ८ अर्ब १ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । २०२३ मा कम्पनीले ९ अर्ब ११ करोड ६० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले २०२४ मा भने ८ अर्ब १० करोड २० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले ९ महिनामा ५ अर्ब ७१ करोड १० लाख रुपैयाँको व्यापार गरिरहँदा यसको मार्जिन भने ६ प्रतिशत कायम भएको छ । सिजि फुड्सको ओपिबिडिआइटिए मार्जिन (मूल्यह्रास, ब्याज, कर र अमूर्त सम्पत्तिको मूल्यह्रास अघि को सञ्चालन नाफा) २०२५ को ९ महिनामा ६ प्रतिशत कायम भएको हो । 

२०२२ मा कम्पनीको यो मार्जिन ५.३ प्रतिशत कायम भएको थियो । २०२३ मा ७.२ प्रतिशत मार्जिन कायम भएकोमा २०२४ मा ९.९ प्रतिशत मार्जिन कायम भएको थियो । २०२५ को ९ महिनामा भने कम्पनीले ६ प्रतिशत मार्जिन कायम भएको छ । 

सिजि फुड्स नेपालको ठूलो मध्येको एक कम्पनी चौधरी ग्रुपअन्तर्गत रहेको छ । यो कम्पनीले चाउचाउदेखि पेयपदार्थसम्मका सामग्री विक्री वितरण गर्दै आएको छ । साथै यो कम्पनी नेपालका साथै विभिन्न तीन भौगोलिक क्षेत्रहरुमा फेलिएको छ । 

सिजि फुड्सको विश्वभरकै सम्पुर्ण क्षेत्रहरुको एकिकृत व्यापार भने २०२४ मा ११ अर्ब ६७ करोड ३० लाख रुपैयाँको भएको छ । २०२३ मा कम्पनीको विश्वभरको एकिकृत व्यापार १२ अर्ब ५१ करोड ३० लाख रुपैयाँको भएको थियो । 

१९८४ देखि थाइ प्रिजर्भ्ड फुड फ्याक्ट्रीसँगको सहकार्यमा सञ्चालनमा आएको यो कम्पनीको हाल सेयर स्वामित्व निर्वार्ण चौधरीसँग ७६ प्रतिशत, अपोलो इन्भेस्टमेन्टसँग २० प्रतिशत, बरुण चौधरीसँग ४ प्रतिशत र राहुल चौधरीसँग ०.२ प्रतिशत रहेको छ भने बाँकी सेयर अन्य तीन जनासँग रहेको छ । 

२०२३ बाट पब्लिक कम्पनीमा रुपान्तरण भएको सिजि फुड्सले हालका लागि भने ९९ करोड ५५ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि रेटिङ गराएको छ । इक्रा नेपालले कम्पनीलाई यो रकमका लागि ए वान रेटिङ दिएको छ । 


Read Previous

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ-रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

Read Next

भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल स्वदेश फर्किए