Nepal Purbadhar

भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल स्वदेश फर्किए


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल टर्की भ्रमण पूरा गरि स्वदेश फर्किएका छन् ।


टर्कीको इस्तानबुलमा आयोजित ग्लोबल ट्रान्सपोर्ट कनेक्टिविटी फोरम २०२५ मा भाग लिन गत बिहिबार उनी त्यस तर्फ गएका थिए । मन्त्री दाहालले आफ्नो ईस्तानबुल भ्रमण फलदायी भएको बताउनुभयो । उक्त समारोहलाई सम्बोधनका क्रममा नेपाल लगायत भूपरिवेष्ठित मुलुकहरूको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड दिएको मन्त्री दाहालले बताए ।


यस्तै सोहि भ्रमणका क्रममा मन्त्री दाहाल तथा त्यहाँका समकक्षी बीच भेटवार्ता भएको थियो । मन्त्री दाहाल र टर्कीका यातायात मन्त्री अव्दुल कदीर उरालोग्लु बीच दुई पक्षीय हितका बारेमा साइड लाइन वार्ता भएको थियो


Read Previous

सिजि फुड्सले ९ महिनामा गर्‍यो ५ अर्ब बढिको व्यापार

Read Next

विपद्जन्य सूचना प्रवाहलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्रीबिच छलफल