Nepal Purbadhar

कतारमा इरानको आक्रमणपछि कतार जान लागेका ५ सयबढि नेपालीको विमानस्थलमा बिचल्ली


काठमाडौं । इरानले कतारस्थित अमेरिकी सैन्य बेसमा हमला गरेसँगै मध्यपूर्वको अवस्था झन बिग्रिँदा नेपालबाट वैदेशिक रोजगारीका लागि कतार जान लागेका ५ सय बढि नेपालीको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिचल्ली भएको छ । 

कतासको अल-उदैदस्थित एयरबेसमा इरानले सोमबार मिसाइल आक्रमण गरेको छ । गत शनिबार अमेरिकाले इरानका परमाणु केन्द्रमा गरेको आक्रमणको जवाफी हमलाका रुपमा यो आक्रमणलाई हेरिएको छ । 

धेरै नेपालीहरु वैदेशिक रोजगारीका लागि जाने गन्तव्य मुलुकका रुपमा रहेको कतारमा आक्रमण भएसँगै सोमबार राती कतार जानका लागि विमानस्थल पुगेका नेपालीहरुको बिचल्ली भएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चिसो भोईमा रात कटाउन बाध्य नेपालीहरुलाई हिमालयन एयर लायन्सले साझा ६ बजे उडानको लागि बोलाएको थियो । तर. नेपाल एयर लायन्स का पदाधिकारीहरु अहिले सम्म पनि सम्पर्कमा नआएको यात्रुहरुको गुनासो छ ।

सोमबार राती रद्द भएको उडान आज मंगलबार दिउँसो १२ बजे हुने नेपाल एयरलाइन्सका पदाधिकारीहरुले बताएका छन् ।


Read Previous

कतारमा रहेका नेपालीलाई सतर्क रहन दुतावासको आग्रह

Read Next

‘टेक एण्ड पे’ : सबै राजनीतिक दलका प्रमुख सचेतकलाई ‘एसएमएस’ पठाएर अन्तिमपटक खबरदारी