Nepal Purbadhar

कान्ति लोकपथ अन्तर्गत ठाउँ ठाउँमा पहिरो, यस्तो छ पछिल्लो अवस्था


काठमाडौं । देशको केन्द्रीय राजधानी काठमाडौंलाई बागमती प्रदेशको राजधानी हेटौंडासँग जोड्ने सडकमध्ये टीकाभैरव-हेटौंडा सडक (कान्ति लोकपथ) अहिले सबैभन्दा चल्तीको सडक हो । 

पछिल्लो समय बीपी राजमार्गमा समस्या आएकाले हेटौंडा हुँदै पूर्व जाने सवारीसाधनले पनि यो सडक प्रयोग गर्ने गरेका छन् । बाढीको जोखिमका कारण अहिले बीपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ५:३० सम्म सवारीसाधन चलाउन रोक लगाइएको छ ।

त्यसो त टीकाभैरव-हेटौंडा सडक पनि जोखिम रहित भने छैन। टीकाभैरवदेखि भिमफेदी (बागमती पुलसम्म ) ठाउँठाउँमा पहिरो झरेको छ । पानी परेपछि बाटो हिलो भएर सवारी साधन फस्ने समस्या छ । पानी परेको बेला हुस्सु लागेर भिजिबिलिटी निकै कम हुने गरेको छ ।

यसैगरी भिमफेदी ( बागमती खोला ) देखि मकवानपुर गढीसम्म ठाउँठाउँमा सुख्खा पहिरो जाने अनि ढुंगाहरु खस्ने भइरहेको छ । बाटो निर्माणको काम पनि भइरहेको छ ।


Read Previous

नारायणघाट बुटवल सडक ठप्प

Read Next

बजेटमा ‘टेक एण्ड पे पीपीए’ दुर्भाग्यपूर्ण