
फाइल तस्बिर
काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट बुटवल सडक अवरुद्ध भएको छ ।
उक्त सडकखण्डमा रहेको विनयी खोलाको डाइभर्सन बाढीले बगाएपछि सडक ठप्प भएको हो ।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलामा डाइभर्सन बनाएर वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको थियो । तर, उक्त डाइभर्सन पनि बाढीले बगाएपछि सडक पुर्ण रुपमा ठप्प भएको हो ।