
फाइल तस्बिर
काठमाडौं । अमेरिकाले ईरानका तीन परमाणु केन्द्रहरुमा आक्रमण गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा आक्रमण गरेको जानकारी दिएका हुन् । यी केन्द्रहरुमा फोर्डो, नतान्ज र एस्फाहान रहेका छन् ।
‘सबै विमान सुरक्षित रुपमा आफ्नो घर फर्किरहेका छन् । हाम्रा महान अमेरिकी योद्धाहरुलाई बधाई । दुनियाँमा अरु कुनै सेना छैन जसले यस्तो गर्न सक्छ । अब शान्तिको समय हो ।’,अमेरिकी राष्ट्रपतिले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले इरानले अब युद्धलाई अन्तय गर्न सहमत हुनुपर्ने बताएका छन् ।