Nepal Purbadhar

सरकारलाई अल्टिमेटम दिँदै व्यवसायीले खोले सुनचाँदी पसल


काठमाडौं । सुनचाँदी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । बुधबार सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त राष्ट्रिय भेलाले हाल जारी आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो । 

केही दिनयता काठमाडौं र बागमती प्रदेशमा गरिएका पसल बन्द माग सम्बोधन नभए पनि बिहीबारदेखि खुला गरिएको महासंघले जनाएको छ । 

सुनचाँदी व्यवसायीले आफूहरुको माग पूरा गर्न सरकारलाई असार मसान्तसम्मको ‘अल्टिमेटम’ दिएका छन् ।  सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने र सुनको भन्सार दर नेपाल र भारतमा समान हुनेगरी सरकारबाट निर्णय हुनुपर्ने व्यवसायीको माग छ । 

व्यवसायीले असार मसान्तभित्र पनि माग सम्बोधन नगरे संयुक्त समितिमार्फत सशक्त आन्दोलन अघि बढाउने चेतावनी दिएका छन् ।


Read Previous

धारा तेल बेच्ने सौरव ओयल एण्ड एग्रो इन्डस्ट्रिज व्यापार घट्यो 

Read Next

बेदालय कन्स्ट्रक्सन प्रालिले एक वर्षमा गर्‍यो १ अर्ब ३४ करोडको व्यापार