Nepal Purbadhar

त्रिचन्द्र क्याम्पस सबलीकरणको काम २ वर्षमा पनि सकिएन


काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको त्रिचन्द्र क्याम्पसको भवन सबलीकरण काम कछुवा गतिमा छ ।

२ पुस २०७९ देखि १ पुस २०८१ सम्म सक्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म क्याम्पसको सबलीकरण सकिएको छैन ।

सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी तथा भवन निर्माण विभागले पुनर्निर्माण कार्य न्यु टेक्निकल इन्फ्रा प्रालिलाई ३४ करोड ६७ लाख ४६ हजार रुपियाँमा निर्माण कार्यको जिम्मा दिएको भए पनि निर्माण कार्य सम्झौता गरे अनुसार सम्पन्न हुनसकेको छैन ।

सो आयोजनाले घण्टाघरको घडीलाई पनि स्वचालित बनाउनका लागि काम थालेपनि त्यसमा पनि ढिलासुस्ती गरिएको छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका विभिन्न निकायहरूलाई विद्यार्थीहरूले बारम्बार दबाब तथा ध्यानाकर्षण पश्चात क्याम्पसको सबलीकरणको काम सुरु गरिएको थियो भने हाल सबलीकरण कार्य कछुवा गतिमा भई रहेको छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 


Read Previous

तीन लाख धरौटीमा छुटे सांसद धवलशमशेर राणा

Read Next

काठमाडौंमा दुई महिना सडक तथा फुटपाथ खन्न निषेध