Nepal Purbadhar

तीन लाख धरौटीमा छुटे सांसद धवलशमशेर राणा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शम्शेर राणा ३ लाख धरौटीमा छुटेका छन् ।

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई धरौटीमा छाड्न आदेश दिएको थियो । आदेशपछि उनी आजै धरौटी बुझाएर छुटेका हुन् ।

उनी आज बिहान अदालतमा हाजिर भएका थिए। तीनकुने घटनामा हाजिर जमानीमा छुटेका उनी मुद्दा दायर गर्दा उपस्थित भएका थिएनन्।

चैत १५ गते राति पक्राउ परेका राणालाई प्रहरीले स्वास्थ्य अवस्थाका कारण वैशाख ७ गते हाजिर जमानीमा छाडेको थियो।

Facebook Comments

Read Previous

माथिल्लो त्रिशूली–१ जलविद्युतले आयोजना प्रभावित उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स दियो

Read Next

त्रिचन्द्र क्याम्पस सबलीकरणको काम २ वर्षमा पनि सकिएन

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar