Nepal Purbadhar

प्रधानमन्त्री ओलिले शुक्रबार नेपालकै पहिलो ग्वार्को फ्लाइओभर उद्घाटन गर्ने


काठमाडौं । ललितपुरको ग्वार्को स्थित फ्लाईओभरमा चार दिन पछि देखि सवारी साधन सञ्चालन हुने भएका छन् । फ्लाई ओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएसँगै अब सवारी साधन सञ्चालनको तयारी गरिएको हो ।
आगामी ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाई ओभरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनसँगै फ्लाईओभरबाटै सवारी साधन सञ्चालन गरिने भएको हो ।


गएको शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरि सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।


मुख्य संरचनाको निर्माण पछि लेन सेपरेटर राख्ने, लाईनिङ् गर्ने लगायतका काम पूरा भए पछि सवारी साधन सञ्चालन हुने अवस्थामा पुगेको सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बाराहीले जानकारी दिए ।
निर्माण कार्यमा ढिलाई भए पछि मन्त्री दाहालले फ्लाई ओभरको पटक पटक निरीक्षण र अनुगमन गरेका थिए ।

Facebook Comments

Read Previous

अदालतले दिएन अन्तरिम आदेश, जगदुल्ला जलविद्युत आयोजनाको काम अघि बढाउने बाटो खुल्यो

Read Next

जेब्रा क्रसिङमा समेत जोखिममा छ ज्यान

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar