
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बजेटमाथिको छलफल बहिष्कार गरेको छ ।
प्रतिनिधिसभामा प्रतिपक्षको विरोधका बीच पनि बजेटमाथि छलफल सुरु भएपछि राप्रपा सांसदले छलफललाई बहिष्कार गर्दै बाहिर निस्किएका हुन् ।

प्रतिपक्षको अवरोधका कारण जेठ १३ गतेदेखि प्रतिनिधिसभा संसद बस्न सकेको थिएन् । यद्यपी आइतबार भने संसद्मा सत्ता पक्षले जबरजस्ती संसद चलाउन लाग्दा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले विरोध गरेका थिए । तर सत्तापक्षले जबर्जस्ती संसद बैठकलाई अघि बढाइरहेको छ ।
