
काठमाडौं । नेपालका लागि बजाज ब्रान्डका दुई पांग्रे तथा तीन पांग्रे, किटिएम ब्रान्डका बाइक र ट्राइम्प ब्रान्डका बाइक लगायतको आधिकारिक बिक्रेता रहेको हन्सराज हुलासचन्द एण्ड कम्पनीले ९ महिनामा ११ अर्ब २२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।
नेपालको एउटा अग्रणी व्यापारिक परिवार गोल्छा परिवारको स्वामित्वमा रहेको यो कम्पनीले २०२२ मा २१ अर्ब ३३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले २०२३ मा १० अर्ब ७६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।
२०२४ मा कम्पनीको व्यापारमा केही गिरावट भएर १० अर्ब ६७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।
२०२५ को सुरुवाती ९ महिनामा भने कम्पनीले ११ अर्ब २२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।
सन् १९५९ मा स्थापित यो कम्पनीले नेपालमा बजाज, केटिएम, ट्राइम्पका बाइक तथा तीन पांग्रेका साथै नेपालमा सर्बो लुब्रिकेन्टको पनि आधिकारिक रुपमा बिक्री वितरण गर्दै आएको छ । बिराटनगरमा दर्ता रहेको यो कम्पनीअन्तर्गत देशैभरमा ३०० वटा बिक्री केन्द्रहरु रहेका छन् । गोल्छा परिवारका १९ जना सदस्यसँग सेयर स्वामित्व रहेको कम्पनीको सबैभन्दा बढि सेयर स्वामित्व अध्यक्ष शेखर गोल्छासँग ५३.८ प्रतिशत रहेको छ ।
हालका लागि यो कम्पनीले ४ अर्ब ९३ करोडको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । ईक्रा नेपालले कम्पनीलाई ४ अर्ब ९३ करोड बराबरको अल्पकालिन कर्जा सुविधाका लागि ए थ्रि रेटिङ दिएको छ ।