Nepal Purbadhar

रास्वपा र राप्रपाले संसदमा विरोध जारी राख्ने


काठमाडौं । सिंहदरवारमा सभामुख र प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरु सँगको बैठक बसेको छ । उक्त बैठकपश्चात  पनि रास्वपा र राप्रपाको  धारणा विरोध जारी नै राख्ने बताएका छन् ।

पछिल्ला केही साता यता संसद अवरुद्ध छ । प्रमुख प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा तथा उनीमाथि भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै प्रतिनिधिसभा अवोरुद्ध गरेको छ ।

सभामुखले संसदको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न सिंहदरवारमा प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरु सँगको बैठक पछि पनि रास्वपा तथा राप्रपाले भने आफ्नो विरोध जारी रहने बताएका छन् । १३ गतेदेखि संसद अवरोध भएका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको छ ।


Read Previous

यसवर्ष बङ्गलादेशमा व्यवसायीक रुपमा विद्युत निर्यात सुरु, समृद्धि चाहनेका लागि खुशीको क्षण : उर्जामन्त्री खड्का

Read Next

एनसेल ‘सधैं अन करोडपति’ योजनाः १ करोड रुपैयाँ नगद बम्पर पुरस्कार, हरेक हप्ता १० लाख रुपैयाँ नगद पुरस्कार