Nepal Purbadhar

निर्माण कार्यले अव्यवस्थित मखन इन्द्रचोक मार्ग


काठमाडौं । मखनदेखि इन्द्रचोकतर्फ जाने बाटोमा करिब दुई महिनाअघि ढुंगा छाप्ने तयारीस्वरूप निकालिएका ढुंगाहरू अहिले बल्ल छापिन थालिएका छन्।

ढिलोगरी सुरु गरिएको कामका कारण बाटोभरि बालुवा र रोडा फैलिएको छ, जसले गर्दा पैदल यात्रीहरूलाई हिँड्न असहज भइरहेको छ। अर्कोतर्फ इन्द्रचोकदेखि मखनतर्फको मार्ग पार्किङका रूपमा प्रयोग गरिएको देखिन्छ। तलेजु मन्दिर अघिको क्षेत्र पनि उस्तै अव्यवस्थित छ।


Read Previous

मलेखु-मुग्लिन सडक आजदेखि ५ घन्टा बन्द

Read Next

रानीपोखरीमा यसरी गरियो उद्धार अभ्यास