Nepal Purbadhar

धितोपत्र बोर्डलाई अर्थ समितिको निर्देशन – नेटवर्थ देखाएर हाइड्रोको आईपीओ नरोक्नु


काठमाडौं । प्रतिनिधी सभाको अर्थ समितिले नेपाल धितोपत्र बोर्डलाई नेटवर्थलाई देखाएर आइपिओ निष्कासन नरोक्न निर्देशन दिएको छ ।

समितिले आइपिओ निष्कासनका लाागि बोर्ड समक्ष अनुमति मागेका पब्लिक कम्पनीहरुलाई प्रचलित कानुनमा रहेका शर्तहरु पूरा भएको अवस्थामा रोक नलागाउनु भन्दै निर्देशन दिएको छ ।

लेखा समितिले धितोपत्र बोर्डलाई लेखेको पत्रमा अनुमति मागेका कम्पनीमध्ये प्रचलित कानुनमा उल्लेखित शर्तहरु पूरा भएको तर नेटवर्थको आधारमा आइपिओ निष्कासनका लागि अनुमति नदिइएको कम्पनीहरुको सूची ३ दिनभित्र समितिलाई पठाउनु र त्यस्ता कम्पनीलाई अनुमति दिने प्रक्रिया अबिलम्ब सुरु गर्नु भनिएको छ ।

यस अघि सार्वजनिक लेखा समितिले रियल नेटवर्थ ९० प्रतिशत नपुगेका कम्पनीको आइपिओ निष्कासन रोकेको थियो । रियल नेटवर्थ नै नहुने भन्दै अर्थ समितिले जलविद्युत आयोजनाको आइपिओ निष्कासन नरोक्न निर्देशन दिएको हो ।


Read Previous

भारतको अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना

Read Next

मलेखु-मुग्लिन सडक आजदेखि ५ घन्टा बन्द