Nepal Purbadhar

रातो बंगला स्कुलको व्यापारमा वृद्धि, एकै वर्ष कमायो ६७ करोड ८० लाख 


काठमाडौं । रातो बंगला स्कुल प्रालिको व्यापारमा बृद्धि भएको छ ।  २०२४ मा कम्पनीको व्यापार ६७ करोड ८० लाख रुपैयाँ भएको हो । 

यसअघिका वर्षहरुमा कम्पनीको व्यापार हरेक वर्ष बृद्धि हुँदै आएको छ । २०२० मा ३६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले २०२१ मा २८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२२ मा यो स्कुलले ४१ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । 

त्यस्तै, कम्पनीले २०२३ मा ५५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । 

नेपालको महंगोमध्येमा पर्ने रातो बंगला स्कुल सन् १९९९ मा खुलेको हो । हाल उक्त सकुलमा कक्षा १० सम्मको पढाईका साथै ए लेभलको पनि पढाई हुन्छ । चार जनामा बराबर सेयर स्वामित्व रहेको यो कम्पनीको बोर्ड अध्यक्षमा भने शान्ता दिक्षित रहेकी छिन् । 

हाल पाटन ढोकामा स्कुलले सञ्चालन गरिरहेको ए लेभलको पढाईका लागि हात्तिबन ललितपुरमा पुर्वाधार बन्दै छ । त्यसका लागि कम्पनीले ८० करोडको कर्जा लिने भएको छ । जसमा सम्पुर्ण कर्जा दीर्घकालिन कर्जा सुविधा रहेका छन् । रेटिङ एजेन्सी ईक्रा नेपालले कम्पनीलाई त्रिपल बि माईनसको रेटिङ दिएको छ ।


Read Previous

तस्बिरमा हेर्नुस राजा श्रीनिवास मल्लको सिंहासन

Read Next

ज्यासमिन पेन्ट्सको ९ महिनामा गर्‍यो ६३ करोडको व्यापार